+
+

पुँजीगत खर्च नहुनु नै अहिलेको मुख्य समस्या हो : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते ११:३४

२९ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको मूख्य समस्या नै पुँजीगत (विकास)  खर्च हुन नसक्नु रहेको बताएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको नवउत्थान सम्मेलनको उद्घाटनका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले यसो हुनुमा राजनीतिक परिस्थिति मूख्य कारण रहेको बताए ।

‘प्रतिस्थापन विधेयकमार्फत बजेट अध्यादेशलाई वैधानिकता दिनुपर्ने बाध्यता थियो,’ उनले भने, त्यसले काम प्रभावित भयो ।’ यस विषयमा अर्थ मन्त्रालय चिन्तित र सक्रिय रहेको समय उनले बताए । ‘अर्थ मन्त्रालय आफैंले खर्च गर्ने होइन’, उनले भने, ‘हामीले व्यवस्थापन मात्र गर्ने हो, लाइन मन्त्रालयहरुसँग दैनिक कुरा भइरहेको छ ।’

अब कामले गति लिने र पुँजीगत खर्च समेत हुने उनको भनाइ छ । फरक प्रशंगमा बैंकिङ क्षेत्रमा तरलता अभाव पूर्ति गर्न नेपाल राष्ट्र बैंकबाट पहल भइरहेको उनले बताए ।

मुलुकलाई समृद्ध बनाउन नेपालको सम्भावना भएका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै उनले त्यसमा पहल गर्न निजी क्षेत्रलाई समेत आहृवान गरे ।

‘प्रतिस्पर्धामा जान सक्ने, स्वयमः आत्मनिर्भर बन्न सक्ने क्षेत्रमा अध्ययन गरौं,’ उनले भने, ‘हिजो र आजको परिस्थिति फरक छ ।’ चालु आवको पहिलो चार महिना मै ३८७ अर्ब कर्जा विस्तार भइसकेको भन्दै उनले यो कर्जा उत्पादनशील क्षेत्रमा गएको भए राम्रो हुने उल्लेख गरे ।

कोरोनाको नयाँ भेरियन्ट आउने हल्लाका बीच आर्थिक क्षेत्र चलायमान बनाइराख्न सरकार गम्भीर रहेको बताए । एनआरएनबाट खाता खोल्नेबारे मार्केटिङ गरिरहेको भन्दै उनले यसरी पनि तरलता व्यवस्थापनको प्रयास भइरहेको बताए ।

सम्मेलनबाट प्राप्त हुने सुझाव मन्त्रालयले ग्रहण गर्ने भन्दै सरकारसँग सहजीकरणका लागि मन्त्रालयमा सुझाव दिन समेत उनले आहृवान गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तत्काल एमसीसी पारित गरि कार्यान्वयनमा लैजान सरकारलाई सुझाव दिए । ५ महिनासम्म वैदेशिक अनुदान नआएको प्रशंग निकाल्दै उनले विदेशी लगानी समेत नआएको अवस्थामा एमसीसी जस्ता परियोजनाको महत्व बढी हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?