
२९ मंसिर, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको आगामी चलचित्र ‘अट्याक’को टिजर सार्वजनिक भएको छ । टिजरमा जोनको जबरजस्त एक्सन देख्न सकिन्छ ।
रेन्जर अफिसरले गर्ने मिसनमा आधारित यो चलचित्रमा जोनका साथमा ज्याकलिन फर्नाण्डेज र रकुल प्रीत सिंहको मुख्य भूमिका छ । गीतबाट शुरु हुने यो चलचित्रको टिजरमा जोनको एक्सन अवतार भरपुर देखिन्छ ।
लक्ष्यराज आनन्दद्वारा निर्देशित ‘अट्याक्ट’ आगामी जनवरी २२ मा रिलिज हुनेछ । यो चलचित्रलाई जोन अब्राहमले प्यान इण्डिया स्टुडियो र अजय कपूरसँग मिलेर निर्माण गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4