+
+

शेयर बजारबारे मेरो विश्लेषण पार्टी र लगानीकर्ताको हितमा छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ९:४७

१ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले शेयर बजारको सन्दर्भमा गरेको विश्लेषण सही भएको दाबी गरेका छन् ।
आफ्नो विश्लेषण पार्टी र लाखौं लगानीकर्ताहरुको हितको पक्षमा रहेको प्रचण्डको भनाइ छ ।

विहीबार प्रेस विज्ञप्ति जारी गर्दै प्रचण्डले भनेका छन्, ‘आजको पुँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु ।’

हालै प्रचण्डले शेयरबजारको सन्दर्भमा दिएको अभिव्यक्तिलाई लिएर एउटा तप्काले विरोध जनाउँदै आएको छ । शेयर लगानीकर्ताहरुले प्रचण्डलाई ‘पुँजीबजार विरोधी’ भन्दै ‘नो भोट’ अभियानको घोषणा नै गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि बिहीबार मनोनित केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रममा प्रचण्डको उक्त अभिव्यक्तिको विरोध जनाएका थिए ।

सो सन्दर्भमा प्रचण्डले विज्ञप्तिमा लेखेका छन्, ‘मार्क्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौं टाढा भागेका ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तीय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्तिमार्फत आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भनेर ओलीले लगाएको आरोपको पनि खण्डन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?