+
+

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १२:२७

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।

तेस्रो स्थानमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलका उम्मेदवारद्वय प्रकाशशरण महत र प्रदीप पौडेल उनीहरूभन्दा पछि परेका छन् । तेस्रो स्थानका लागि पौडेल र महतबीच तीव्र प्रतिस्पर्धा छ ।

शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका गगन थापा सबैभन्दा अगाडि हुँदा सोही प्यानलका अर्का उम्मेदवार मिनेन्द्र रिजाल भने पाँचौ स्थानमा छन् ।

१८९५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी १२९४ मत पाएका छन् । विश्वप्रकाश शर्माले ८२७ मत पाएका छन् । प्रकाशशरण महतले ६२०, प्रदीप पौडेलले ६६८ र मिनेन्द्र रिजालले ३२९ मत पाएका छन् ।

अर्का उम्मेदवार विमलेन्द्र निधि समूहका डाक्टर राजाराम कार्कीले भने ५८ मत मात्रै पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?