+
+

जर्मनीले दियो नेपाललाई ४१ लाख ४२ हजार बढी डोज कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १३:१०

१ पुस, काठमाडौं । जर्मनीले नेपाललाई कोभ्याक्स सुविधा अन्तर्गत कोभिड–१९ विरुद्धको ४१ लाख ४२ हजारभन्दा बढी डोज खोप उपलब्ध गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ लाख ६५ हजार ६ सय डोज मोडेर्ना र २१ लाख ७६ हजार ६५० डोज जोनसन एण्ड जोनसन खोप गरी कुल ४१ लाख ४२ हजार २५० डोज खोप प्राप्त गरेको हो । प्राप्त खोपमध्ये जोनसन एण्ड जोनसन खोप एक डोज मात्रा लगाए हुने खोप हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार कोभ्याक्स सुविधा अन्तर्गत जर्मन सरकारको सहयोगमा उक्त परिमाणको खोप प्राप्त गरेको हो ।

खोप कसले पाउँछन्  ?

स्वास्थ्य मन्त्रालयका अनुसार प्राप्त भएका खोप १२ वर्षदेखि माथिका र १८ वर्ष मुनिका बालबालिकालाई दिइने छ । स्वास्थ्य मन्त्रालयले पुस ४ गतेदेखि बालबालिकालाई खोप दिने योजना बनाएको छ ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले अन्य लक्षित समूहलाई पनि चाँडै नै खोप अभियान सञ्चालन गर्ने जानकारी दिइन् ।

कतिले लगाए खोप ?

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म लक्षित जनसंख्याको ४७.२ प्रतिशतले पूर्ण खोप लगाइसकिएको छ । यस्तै लक्षित जनसंख्याको ५८.२ प्रतिशतलाई कम्तीमा एक डोज खोप लगाइसकिएको छ ।

कुन जनसंख्याको ३८.२ प्रतिशतलाई कम्तीमा एक मात्रा र ३१ प्रतिशतलाई पूर्ण खोप लगाइसकिएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?