+
+

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १४:५९

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।

‘महामन्त्री पदमा दुइटा युवालाई निर्वाचत गरेर हामी दुबै (गगन र विश्वप्रकाश) ले हल बााधिएर काम गरुन भन्ने अपेक्षा राखेका छन्, त्यसलई पुरा गर्ने ढंगले कार्य गर्छौं, नवनिर्वाचित महामन्त्री शर्माले भनेका छन् ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । महामन्त्रीका लागि ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउँदा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । प्रारम्भीक मत परिणामसँगै आफ्नो हार स्वीकार गरेका उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका छन् ।

यस्तै विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?