+
+

नेप्सका नवनियुक्त अध्यक्ष नेपालले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १६:१०

काठमाडौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) का नवनियुक्त अध्यक्ष रविनकुमार नेपालले पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंसिर २७ गते सम्पन्न कम्पनीको ८ औं वार्षिक साधरणसभाबाट शेयरधनी बैंकहरुबाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरु चयन भएका थिए । जसमध्येबाट उनी सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका थिए ।

नव नियुक्त अध्यक्ष नेपालले भुक्तानी तथा फस्र्यौट विनियमावली बमोजिम बुधबार राष्ट्र बैंककी डेपुटी गर्भनर डा. नीलम ढुंगानाले सपथ ग्रहण गराएकी थिइन् ।

बैंक तथा वित्तीय संस्थाद्वारा स्थापित एवं सञ्चालित यस कम्पनीले १५ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?