+
+

यूरो स्कुलका ४० बढी बालबालिकामा झाडाबान्ताको समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते १९:३६

१ पुस, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ हात्तीगौंडास्थित यूरो स्कुलका विद्यार्थीमा झाडाबान्ता हुने समस्या देखिएको छ । ४० भन्दा बढी बालबालिकामा झाडावान्ता हुने समस्या देखिएको एक अभिभावकले बताएका छन् ।

समस्याबारे विद्यालयमा जानकारी गराउँदा वास्ता नगरेको ती अभिभावकले अनलाइनखबरलाई बताए । उनले भने, ‘हामीले धेरै बालबालिकामा यस्तो समस्या देखिएपछि विद्यालयलाई सामूहिक इमेल गरेका छौं । तर अहिलेसम्म प्रतिक्रिया आएको छैन ।’

विद्यालयले भने जाडो सिजनका लागि विद्यालयले खुवाउने खाजाको परिकार (विन्टर मेनु) फेरिएकाले केही समस्या भएको हुन सक्ने बताएको छ ।

विद्यालयले बिहानको खाना र खाजा खुवाउने गरेको छ । धेरै विद्यार्थीमा एउटै समस्या देखिएपछि अभिभावकले विद्यालयले दिने खानाको कारण हो वा अरु नै स्वास्थ्य समस्या हो अनुसन्धान गरिदिन आग्रह गरेर बुधबार विद्यालयलाई सामूहिक इमेल लेखेका थिए । तर विद्यालयले इमेलको जवाफ लेखेको छैन । एक अभिभावक भन्छन् ‘यो त गम्भीर विषय हो तर विद्यालयले वास्ता गरेको छैन ।’

अभिभावकले अनलाइनखबरलाई उपलब्ध गराएको विवरण अनुसार कक्षा १ देखि १० सम्मका ४३ जनामा स्वास्थ्य समस्या देखिएको छ । ‘हामी वाट्स एपमा जोडिएका अभिभावकको बालबालिकाको संख्या यो हो । धेरै अभिभावक यो ग्रुपमा हुनुहुन्न । अझै बिरामी विद्यार्थीको संख्या बढ्न सक्ने सम्भावना छ’ ती अभिभावकले भने ।

अधिकांश विद्यार्थीमा सोमबारदेखि रातिदेखि यस्तो समस्या देखिएको अभिभावकले बताएका छन् । विद्यालयले भने बालबालिकाले खानेकुरा धेरै खाएको (ओभर इटिङ) ले समस्या देखिएको प्रतिक्रिया दिएको छ ।

प्रिन्सीपल शैलजा अधिकारीले भनिन्, ‘८ जना बालबालिकामा समस्या देखिएपछि जाँच गराउँदा ओभर इटिङको समस्या देखियो । सबैको स्वास्थ्य सामान्य भइसकेको छ । विद्यालय आएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?