+
+

ग्लोबल आईएमई बैंकद्वारा एनआरएन लक्षित ६ नयाँ खाता सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २ गते १३:२१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गैर–आवासीय नेपालीलाई लक्षित गरी ६ वटा नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएका नयाँ खाताहरुमा ग्लोबल एनआरएन एफसीवाई बचत तथा मुद्दति निक्षेप खाताहरु रहेका छन् ।

अमेरिकी डलर, पाउण्ड स्टर्लिङ, यूरो, अष्ट्रेलियन डलर, चाइनिज युआन र जापानिज येनमा खोल्न सकिने एनआरएन एफसीवाई बचत तथा मुद्दति खातामा आकर्षक व्याज दर प्रदान गरिने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । यस प्रकारको खातामा अमेरिकी डलर पाँच हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रा न्यूनतम मौज्दात कायम हुनुपर्नेछ ।

उक्त खाता सञ्चालकहरुलाई कार्ड जारी गर्दा लाग्ने वार्षिक शुल्कमा छुट प्रदान गरिने छ । यसका साथै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ आदिको शुल्कमा छुट तथा खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

अनलाइनबाट पनि खोल्न मिल्ने उक्त खातामा सञ्चालकहरुलाई विदेशी मुद्रा नेपालीमा सटही गर्नु परेमा पनि विशेष प्रिमियम प्रदान गरिने छ । साथै उक्त साँवा तथा आर्जन गरेको व्याज रकम सोही मुद्रामा फिर्ता गर्नु परेमा सहज रुपमा निशुल्क गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यकासाथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?