
२ पुस, काठमाडौं । रोटरी क्लब बानेश्वरले काठमाडौंको मूलपानीस्थित आनन्द भैरव माविमा एकदिने निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
माट्रकिा आई केयर सेन्टरको सहयोगमा भएको उक्त आँखा शिविरमा मूलपानी क्षेत्रका बासिन्दा तथा विद्यार्थी गरी ३६० जनाको आँखा जाँच गरिएको क्लबले जनाएको छ ।
आँखा जाँच गरिएकामध्ये ३७ जनामा मोतीबिन्दुको समस्या देखिएको थियो । उनीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । यस्तै आँखामा समस्या देखिएका एक सय जनालाई थप उपचारका लागि अस्पताल जान सुझाइएको क्लबले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4