
गायक कृष्ण केसीकोे साथमा गायिकाहरु एलिना चौहान, रचना रिमाल र समीक्षा अधिकारीकोे स्वर रहेकोे ‘लुम्ले काँडेमा’मा बोेलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण केसीकै शब्द तथा संगीत छ । गायक केसीले यसलाई मासुप गीत बताएका छन् । गीतलाई डान्सिङ शैलीमा तयार पारिएकोे छ ।
यो गीतको भिडियोमा कृष्ण केसीकै कन्सेप्ट तथा निर्देशन छ । उनले, भिडियोलाई नयाँ शैलीमा बनाएका छन् । भिडियोमा मोेडलहरु सुधिर श्रेष्ठ, अनु पराजुली, करिश्मा ढकाल, सकुना खत्रीको डान्स हेर्न सकिन्छ । बिहेमा सालीले भिनाजुको जुत्ता लुकाएको बिषयलाई भिडियोमा रमाइलो तरिकाले उठाइएको छ ।
मौसम हिमालीको कोेरियोग्राफी रहेकोे भिडियोेमा अनिल के मानन्धरकोे छायांकन, प्रविण भट्टकोे सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4