
कलाकार श्रृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघाली लगायतका कलाकारकोे मुख्य भूमिका रहेको करिब १ घन्टा लामोे चलचित्र ‘फुर्वाः द नेचर गाइ’ युट्युबमा सार्वजनिक भएको छ ।
वाई के फिल्मस्को प्रस्तुतिमा तयार भएको यो चलचित्रलाई युगल पोेमो लिम्बुले निर्देशन गरेका हुन् । मुलधारको चलचित्र भन्दा केही फरक कथामा तयार भएकोे यो चलचित्रमा हिमाली भेगको जनजीवनलाई चित्रण गरिएकोे छ । यो चलचित्रकोे छायांकन धादिङको रुबी भ्यालीमा गरिएको हो ।
विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिल्म महोेत्सवमा समेत यो चलचित्र सहभागी भैसकेको छ । चलचित्रमा दिप्त प्रकाश कश्यपको पटकथा, मिन कुमार बिष्टको पाश्र्व संगीत, जानु काम्बाङ लिम्बुको गीत लेखन, टंकराज लंघालीकोे मुख्य सहायक निर्देशन छ ।
यो चलचित्रमा वुद्द थापाकोे छायांकन, अनिल कुमार महर्जनकोे सम्पादन, विक्रम स्वारकोे स्वर तथा संगीत छ । श्याम इंगनाम, रेजिना साववा, हिम सिंघक निर्माता रहेको यो चलचित्रमा हेमराज अनछङ्बोे र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता छन् ।
प्रतिक्रिया 4