+
+

सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १८:२४

३ पुस, धनगढी । शनिबारदेखि कैलालीको धनगढीमा सुदूरपश्चिम पर्यटन साइकल यात्रा शुरु भएको छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मातहतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले गरेको साइकल यात्रा मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।

साइकल यात्रामा सुदूरपश्चिम, काठमाडौं र भारतका साइकल यात्रीहरुको सहभागिता रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइले जनाएको छ ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाइका प्रमुख भोजराज पाठकका अनुसार भारतका विभिन्न स्थानबाट आठ जना साइकल यात्रीको सहभागिता रहेको छ ।

शनिबार धनगढीबाट शुरु भएको साइकल यात्रा पुुस ५ गते डोटीको बुडरमा पुगेर सम्पन्न हुनेछ । पहिलो चरण अन्तरगत शनिबार धनगढी–गोदावरी र दोस्रो चरण अन्तर्गत गोदावरीदेखि बुडरसम्म साइकल यात्रा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?