+
+

खुला केन्द्रीय सदस्यको मतगणनामा ३५ भित्र को को परे ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १८:४५

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

निर्वाचन समिति स्रोतका अनुसार ५८७ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, बालकृष्ण खाँण र अर्जुन नरसिंह केसी छन् । कुल ४६५० भन्दा बढी मत खसेका कारण अहिलेको मत परिणाम नै अन्तिमसम्म कायम रहने वा नरहने बारे भन्न नसकिने निर्वाचन समितिका सदस्यहरु बताउँछन् ।

खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । हेर्नुहोस् ५८७ मत गणना हुँदा कसले कति मत पाए ?

१) डा. शशांक कोइराला – ४८४
२) एन पी साउद- ३९३
३) बालकृष्ण खाँण – ३५४
४) अर्जुननरसिंह केसी – ३५६
५) शंकर भण्डारी – ३५०
६) रमेश लेखक – ३४८
७) रामहरि खतिवडा – ३४७
८) उदयशम्शेर राणा – ३४०
९) ज्ञानेन्द्रबहादुर कार्की – ३३७
१०) डा रामशरण महत- ३२४
११) गोपालमान श्रेष्ठ – ३१८
१२) बलबहादुर केसी – ३१८
१३) जीतजङ्ग बस्नेत – ३१३
१४) गोविन्द भट्टराई – ३१०
१५) जीपछिरिङ लामा – ३०७
१६) दिलेन्द्रप्रसाद बडु – ३०७
१७) नैनसिंह महर – ३०७
१८) जीपछिरिङ लामा- ३०७
१९) सुनीलबहादुर थापा – २८९
२०) दीपक गिरी – २८२
२१) मोहनबहादुर बस्नेत – २७८
२२ सुरेन्द्र पाण्डे – २७०
२३) गुरु बराल- २७४
२४) कुन्दनराज काफ्ले – २६८
२५) दिनेश कोइराला- २२७
२६) सञ्जयकुमार गौतम – २२६
२७) डा. गोविन्द पोखरेल – २१९
२८) अजयबाबु सिवाकोटी – २१८
२९) मोहन आचार्य – २१८
३०) मदन अमात्य – २१६
३१) केदार कार्की- २१६
३२) शम्भुलाल श्रेष्ठ – २१६
३३) राजीव ढुंगाना – २१३
३४) यज्ञबहादुर थापा- २१२
३५) गणेश लामा – २१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?