+
+

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २१ गते १३:०९

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक मंसिर २४ गते सोमबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको हो ।

‘गण्डकीमा मृत्यु भएको सांसदका ठाउँमा अर्को समानुपातिक व्यक्तिबारे, उपनिर्वाचन समीक्षा, समसामयिक विषय लगायत छलफलका एजेण्डा रहेको छ,’ पौडेलले भने ।

कांग्रेसको विधान अनुसार कार्यसम्पादन समितिको बैठक प्रत्येक महिना बस्नुपर्ने व्यवस्था छ । तर, विधान अनुसार कार्यसम्पादन समितिको नियमित बैठक भने बस्न सकेको छैन । ४६ सदस्यीय कार्यसम्पादन समितिमा ३६ जनालाई सभापतिले मनोनीत गरेका छन् ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?