+
+
मतगणना अपडेट :

खुला केन्द्रीय सदस्यमा कोइरालापछि साउद र भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३ गते १८:५७

३ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको मतगणना शनिबार भइरहेको छ । पार्टी कार्यालय सानेपामा बिहानदेखि शुरु भएको मतगणनामा निर्वाचन समितिले हालसम्म मतपरिणाम सार्वजनिक गरेको छैन ।

निर्वाचन समिति स्रोतका अनुसार ९८८ मतगणना हुँदा डा. शशांक कोइराला पहिलो स्थानमा छन् । उनीपछि एनपी साउद, शंकर भण्डारी, बलकृष्ण खाँणलगायत छन् ।४६५० भन्दा बढी मत खसेका कारण अहिलेको मत परिणाम नै अन्तिमसम्म कायम रहने वा नरहने बारे भन्न नसकिने निर्वाचन समितिका सदस्यहरु बताउँछन् ।

खुलातर्फको केन्द्रीय सदस्यमा ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए । हेर्नुहोस् ९८८ मत गणना हुँदा ३५ जनाभित्र परेका नेताहरुको मत

१. डा. शशांक कोइराला ८१४
२. एनपी साउद ६३१
३. शंकर भण्डारी ५९८
४. बालकृष्ण खाँण ५९६
५. रमेश लेखक ५९६
६. ज्ञानेन्द्रबहादुर कार्की ५९५
७. रामहरि खतिवडा ५८९
८. अर्जुन नरसिंह केसी ५८६
९. उदयशम्शेर राणा ५८२
१०. गोपालमान श्रेष्ठ ५४३
११. बलबहादुर केसी ५३६
१२. गोविन्द भट्टराई ५३४
१३. रामशरण महत ५२९
१४. जिपछिरिङ लामा ५२८
१५. जितजंग बस्नेत ५१९
१६. नैनसिंह महर ५१५
१७. पदमनारायण चौधरी ५१४
१८. दिलेन्द्रप्रसाद बडु ५१३
१९. सुनीलबहादुर थापा ५०२
२०. मोहनबहादुर बस्नेत ४७१
२१. दीपक गिरी ४६२
२२. सुरेन्द्रराज पाण्डे ४५६
२३. गुरु बराल ४५१
२४. कुन्दनराज काफ्ले ४४६
२५. मोहन आचार्य ३७४
२६. प्रा डा गोविन्दराज पोखरेल ३६४
२७. शम्भुलाल श्रेष्ठ ३६१
२८. अजयबाबु शिवाकोटी ३५६
२९. गणेश लामा ३५६
३०. दिनेश कोइराला ३५६
३१. वीरेन्द्रकुमार कनौडिया ३५६
३२. सञ्जयकुमार गौतम ३५६
३३. मदनबहादुर अमात्य ३५४
३४. गोपाल दहित ३५२
३५. केदार कार्की ३४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?