+
+
Shares

फोक्सोमा पुगेपछि ओमिक्रोन भेरियन्ट कमजोर हुने चिनियाँ अध्ययनको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते ११:४१

४ पुस, काठमाडौं । केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड-१९ को ओमिक्रोन भेरियन्ट फोक्सोमा पुगेपछि डेल्टा भेरियन्टको तुलनामा ७ गुणाले कमजोर हुने एक अध्ययनको निष्कर्ष रहेको छ ।

चीनको हङकङ विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको नयाँ अध्ययनले हाम्रो श्वासप्रश्वास मार्गमा ओमिक्रोन भेरियन्ट निकै वृद्धि हुने देखाएको हो । उक्त अध्ययन अनुसार ओमिक्रोन भेरियन्ट श्वासप्रश्वास मार्गमा डेल्टाको भन्दा ७० गुणा वृद्धि हुन्छ ।

‘अनुसन्धानकर्ताले सार्स कोभ-२ को ओमिक्रोन भेरियन्ट मावन ब्रोन्कस (मुख्य श्वास नली) मा डेल्टा र सुरुको सार्स कोभ-२ भन्दा ७० गुणा वृद्धि हुने पत्ता लगाएका छन्’, अनुसन्धानकर्ताको टोलीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अन्य भेरियन्टभन्दा ओमिक्रोन मानिस-मानिसबीच चाँडो फैलिनुको कारण यही हुन सक्छ ।’

तर फोक्सोका कोषमा पुगेपछि भने ओमिक्रोन वृद्धि हुने प्रक्रिया अन्य भेरियन्टभन्दा १० गुणाले घट्ने अनुसन्धानले देखाउँछ । यही कारण अन्य भेरियन्टको तुलनामा ‌ओमिक्रोनका संक्रमित गम्भीर अवस्थामा पुग्ने संभावना कम रहेको हुन सक्ने अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘मानिसमा भाइरसको वृद्धि दरले मात्रै मानिसमा देखिने गम्भीर रोगलाई निर्धारण गर्दैन, यसलाई संक्रमणविरुद्ध शरीरको इम्युनिटी क्षमताले पनि निर्धारण गर्छ भन्ने कुरा थाहा पाउन आवश्यक छ’, प्रमुख वैज्ञानिक डा. माइकल चाङ चि वाईले भने, ‘साथै, रोगको कारक भन्ने  अति संक्रामक भाइरसले धेरैलाई संक्रमित गरेर गम्भीर बिरामी बनाउने र मृत्यु हुने संभावना पनि हुन्छ भनेर बुझ्नुपर्छ ।’

आफूहरूको पछिल्लो अध्ययनबाट ओमिक्रोनले खोप लगाएका कारण र यसअघिको संक्रमणपछि विकास हुने इम्युनिटी छल्न सक्ने देखिएको हुँदा यसको समग्र जोखिम धेरै रहेको पनि चाङले बताए ।

हङकङ विश्वविद्यालयमा गरिएको पछिल्लो अध्ययनको स्वतन्त्र विश्लेषण (पिअर रिभ्यू) हुन भने बाँकी छ । तर आफ्नो अध्ययनले ओमिक्रोनको असर अनुमान गर्न सघाउने अनुसन्धानकर्ताले बताएका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?