+
+

सौराहामा पर्यटकको बसाइ अवधि बढाउन ‘सेभेन प्वाइन्ट टूर प्याकेज’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १७:५७
फाइल तस्वीर

४ पुस, काठमाडौं । चितवनको सौराहामा पर्यटकको बसाइअवधि बढाउन ‘सेभेन प्वाइन्ट टूर प्याकेज’ शुरु भएको छ ।

पर्यटन व्यवसायी सुमन घिमिरेका अनुसार विश्व पर्यटन दिवसको अवसर पारि यस्तो अवधारणा ल्याइएको हो ।

सौराहामा अहिले परम्परागत जंगल तथा हात्ती सफारी तथा थारु संस्कृति बढी देखाउने गरिन्छ । यसलाई विस्तार गरी अब विभिन्न सात गन्तव्यसम्म पर्यटकलाई लैजाने गरी नयाँ अवधारणा ल्याइएको हो ।

व्यवसायी घिमिरेका अनुसार सेभेन प्वाइन्ट टूरमा मुख्यगरी सौराहाका सात वटा गन्तव्यमा पर्यटकै लैजाने अवधारणा हो ।

सौराहास्थित प्रकृति संरक्षण कोषको संग्रहालय, बछौलीको थारु संग्रहालय, चित्रसारीमा रहेको चित्रसेन बाबाको मन्दिर र जिरौनामा रहेको धर्मधाम मुख्य गन्तव्य हुन् । साथै, देवघाट धाम, नारायणी तट र तीनखोले गुम्बालाई समेत प्याकेजमा राखिएको छ ।

के हो आकर्षण ?

व्यवसायी घिमिरेका अनुसार राष्ट्रिय प्रकृतिक संरक्षण कोषको संग्रहालयमा मरेका जनावरको अस्थिपञ्जर राखिएको छ । थारु संग्रहालयमा भने थारु जातिको संस्कार र संस्कृति झल्कने वस्तुहरु राखिएको उनले बताए ।

सौहाराको प्रवेशद्धार मानिने चित्रसेन बाबाको मन्दिर यस भेगको पौराणिक मन्दिर मानिन्छ । नारायणी नदी तट भने नारायणगढ बजारसँगै रहेको छ । यस क्षेत्रमा विभिन्न मठमन्दिर तथा खुला चौर छ । तीन खोले गुम्बा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको घिमिरेले उल्लेख गरेका छन् ।

सेभेन प्वाइन्ट धामलाई शाश्वतधामसँग समेत जोडेर प्रवद्र्धन गर्न सकिने सौराहाका व्यवसायीको अवधारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?