+
+

सुर्खेत विमानस्थलको मर्मतको काम सकियो, मंगलबारदेखि नियमित सञ्चालनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १८:२४

४ पुस, काठमाडौं । धावनमार्ग मर्मतका लागि बन्द भएको सुर्खेत विमानस्थल ६ पुस (मंगलबार)देखि खुल्ने भएको छ ।

विमानस्थल १० मंसिरदेखि बन्द भएको थियो । विमानस्थल ६ पुसदेखि नियमित सञ्चालनमा आउने भन्दै वायुसेवा कम्पनीहरुले सो विमानस्थलका लागि काठमाडौंबाट टिकट बिक्री समेत खुला गरेका छन् ।

सुर्खेतमा काठमाडौंबाट बुद्ध एयरले नियमित उडान गरिरहेको छ । बुद्धले सुर्खेतमा उडान बन्द भएपछि त्यसको विकल्पका लागि भन्दै नेपालगन्जमा उडान थपेको थियो ।

नेपालगञ्जमा दैनिक ५ उडान गरिरहेको कम्पनीले सुर्खेत विमानस्थल बन्द भएपछि दैनिक ६ उडान पुर्‍याएको थियो । सुर्खेतमा हेलिकोप्टरको उडान भने रोकिएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?