
४ पुस, काठमाडौं । मार्ग शुक्ल पूर्णिमाको दिन किराँत समुदायले उधौली पर्वका रूपमा मनाएका छन् । पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उद्यौली पर्व मनाउने गरेका छन् ।
प्रकृतिपूजक किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उद्यौली सकेला र लिम्बूहरूले चासोक तङनाम पर्वका नाममा उद्यौली धुमधामसँग मनाउने गरेका छन् ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । किराँतहरूको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा आज किराँत चाड विशेष रूपमा मनाइएको छ ।
पूजापछि आ–आफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायत नाच नाचेर मनोरञ्जन गरेका छन् । पर्व मनाउन त्यहाँ भेला भएका किराँतहरूले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकूद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ ।
हेर्नुहोस् तस्वीरहरु
प्रतिक्रिया 4