+
+

दाङमा १४ पत्रकार पुरस्कृत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:४४

४ पुस, दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले आफ्नो २९ औं स्थापना दिवसको अवसरमा १४ जना पत्रकारलाई पुरस्कृत गरेको छ ।

शाखाले पत्रकारहरु सविन प्रियासन, लीला शाह, जेएन सागर, भुपेन्द्र वली, दामोदर बस्नेत, सरिता चौधरी, लिलाधर वली, प्रेमविवश घर्ती, पाण्डव शर्मा, सविता चौधरी, जीतबहादुर चौधरी, जनक नेपाली, देव यादव र वीरेन्द्र गिरी पुरस्कृत भएका छन् ।

महासंघले दिवंगत भएका पत्रकारहरु दामोदर अधिकारी, लक्ष्मण बस्नेत र हेमप्रकाश वलीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान गरेको छ । सञ्चार गृहतर्फ नयाँ युुगबोध राष्ट्रिय दैनिक, रेडियो हाम्रो पहुँच र तुलसीपुर अनलाइनलाई सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले सञ्चार क्षेत्र अझ बढी जिम्मेवार बन्नुपर्ने बताए । ‘पत्रकारिता क्षेत्रमा केही विकृत देखिएका छन् ।’ उनले भने, ‘यसतर्फ जिम्मेवार बन्न जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?