+
+

सिभिलबाहेक सबै बैंकले घोषणा गरे शेयर धनीलाई लाभांश, कुन बैंकको कति ?

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ४ गते १९:५१

४ पुस, काठमाडौं । सिभिलबाहेक सबै बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीहरुका लागि लाभांश घोषणा गरेका छन् । घोषित लाभांश मध्ये यस वर्ष पनि बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंक मध्ये राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक हो । यो बैंकमा सर्वसाधारण शेयरधनी नहुने भएकाले लाभांश घोषणा गर्दैन । बाँकी २६ बैंकहरु मध्ये सिभिल बैंकले गत वर्षको मुनाफाबाट लाभांश घोषणा गर्न बाँकी छ । बाँकी सबै बैंकहरुले लाभांश घोषणा गरेका छन् ।

नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिँदै आएकोमा यस वर्ष गत वर्षकोभन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानुअघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ । हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

तेस्रो नम्बरमा देखिएको कृषि विकास बैंकले १.०५ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर गरेर २१ दशमलव ०५ प्रतिशत नगद लाभांश दिने बताएको छ । यसैगरी सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने नेपाल एसबीआई बैंक देखिएको छ । एसबीआई बैंकले १.८१ प्रतिशत नगद लाभांश र ३.५ प्रतिशत बोनस गरी ५.३१ प्रतिशत लाभांश दिने भएको छ ।

एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

तालिकामा हेर्नुहोस् कुन बैंकको लाभांश कति ?

सि.नं. बैंकको नाम नगद लाभांश शेयर लाभांश कुल लाभांश (प्रतिशतमा)
नबिल बैंक ४.४ ३३.६ ३८
हिमालयन बैंक ४.६२ २१.३८ २६
कृषि विकास बैंक १.०५ २० २१.०५
सानिमा बैंक ०.८९ १७ १७.८९
नेपाल बैंक १४ १७
नेपाल इन्भेष्टमेन्ट बैंक ३.३९ १२.६१ १६
सिटिजन्स बैंक ३.०९ १२.९१ १६
प्राइम कमर्सियल बैंक ०.६३ १६ १६.६३
एनआईसी एशिया बैंक ०.७९ १५ १५.७९
१० एनएमबी बैंक  ३.३ १२.५ १५.८
११ नेपाल बंगलादेश बैंक ३.५ १२ १५.५
१२ सिद्धार्थ बैंक ०.७५ १४.२५ १५
१३ माछापुच्छ्रे  बैंक ०.७ १३.३ १४
१४ बैंक अफ काठमाडौं १० १४
१५ ग्लोबल आईएमई बैंक ३.५ १० १३.५
१६ स्टाण्डर्ड चार्टर्ड बैंक ३.०६ १० १३.०६
१७ प्रभु बैंक ०.६३ १२ १२.६३
१८ मेगा बैंक ०० १२.०७ १२.०७
१९ लक्ष्मी बैंक ३.५ ११.५
२० एभरेष्ट बैंक ४.३२ १०.३२
२१ कुमारी बैंक २.६७ ८.६७
२२ एनसीसी बैंक ०.४२ ८.४२
२३ सनराइज बैंक ०.३५ ६.६५
२४ सेञ्चुरी कमर्सियल बैंक ०.३० ५.७५ ६.०५
२५ नेपाल एसबीआई बैंक १.८१ ३.५ ५.३१
२६ सिभिल बैंक बाँकी बाँकी बाँकी
२७ राष्ट्रिय वाणिज्य बैंक ०० ०० ००
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?