+
+

३३३ ग्राम सुन सहित विमानस्थलबाट एक बंगलादेशी नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १२:५१

५ पुस, काठमाडौं। प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३३३ ग्राम सुन सहित एक बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बंगलादेशी नागरिक राहदानी नम्बर ईएन ०९८७८१ बाहक ३५ वर्षीय अस्राफुल इजलाम रहेका छन् ।

हिमालयन एअरलाइन्सको उडानमार्फत दुबईबाट काठमाडौं हुँदै बंगलादेश जान लागेका उनलाई विमानस्थलमा खटिएको प्रहरीले ह्‍याण्ड व्यागेजमा जाँच गर्नेक्रममा उनलाई पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट पहेलो धातुको बिस्कुट २ थान र १ सय ग्रामको चेनरोल १ थान गरी ३ सय ३३ ग्राम सुन बरामद गरेको छ ।

पक्राउ परेका उनलाई आवश्‍यक अनुसन्धान र कारबाहीको लागि विमानस्थल सुरक्षा कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?