+
+
WC Series
पोखरा एभेन्जर्स 2025
175/8 (20)
VS
Sudurpaschim won by 18 runs
Won सुदूरपश्चिम रोएल्स 2025
193/7 (20)
Shares

अन्तरजातीय विवाह गरेका हुम्लाका युवक ६ दिनदेखि बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १४:४९

५ पुस, काठमाडौं । अन्तरजातीय विवाह गरेका हुम्लाका एक युवक ६ दिनदेखि बेपत्ता छन् ।

सर्केगाड गाउँपालिका–१, जैरका १८ वर्षीय चन्द्र लुवार बेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको कर्णाली प्रदेश प्रहरी प्रमुख गणेशबहादुर ऐरले अनलाइनखबरलाई बताए ।

उनका अनुसार २९ मंसिरबाट लुवार बेपत्ता भएको भन्दै प्रहरी कहाँ खबर आएको थियो । ‘हामीलाई खबर आएपछि सुरुमा प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको थियो, तर नभेटिएपछि जिल्लाका डीएसपी हेरम्भ शर्मा आफैं खोजीमा गएका छन्’ ऐरले भने, ‘अहिलेसम्म उनको अत्तोपत्तो लागेको छैन ।’

उनका अनुसार चन्द्र हराएको भनिएको स्थान पुग्न सदरमुकामबाट दुई दिन पैदल यात्रा गर्नुपर्छ । सुर्केगाडका उपमेयर जोशी धामीका अनुसार मुगुको सोरु गाउँपालिका–४, लिब्रुकी एक जना १७ वर्षीय मल्ल थरकी युवतीसँग उनले एक-दुई महिनाअघि भागी विवाह गरेका थिए ।

‘उनी विहे गरेर जैरमा आएको थाहा पाएपछि केटी पक्षका व्यक्तिहरु २९ मंसिरमा घरमा आएका रहेछन्’ जोशीले अनलाइनखबरसँग भने, ‘घरमा आएर कुटपिट गर्दै लगेको केटा पक्षको आरोप छ ।’

तर केटी पक्षले चाहिँ छोरीलाई मात्र लिएर गएको दाबी गरिरहेको छ । स्थानीय राजनीतिकर्मी कृष्ण बलमे जिल्ला फरकफरक भए पनि दुवैको घर वारिपारि पर्ने बताए । ‘केटी मल्ल, केटार लुहार भएपछि कुरा नमिलेर झगडा भएको भन्ने छ’ उनले अनलाइनखबरसँग भने, ‘विस्तृतमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।’

स्रोतका अनुसार अहिले प्रहरीले युवती र उनका बुबालाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?