
५ पुस, गोरखा । गत साउनदेखि मंसिरसम्मको पाँच महिनामा २६ हजारभन्दा बढी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका छन् ।
१४ हजार ४३ जना नेपाली पर्यटक, १२ हजार ४४८ विद्यार्थी र ६८ जना विदेशी पर्यटकले गोरखा संग्रहालय अवलोकन गरेका संग्रहालय प्रमुख नवराज अधिकारीले जानकारी दिए ।
यसबाट ४ लाख ८२ हजार ५ सय राजश्व संकलन भएको छ । मंसिर महिनामा १४ हजार ९ सय ५२ जनाले संग्रहालय अवलोकन गरेका र दुई लाखभन्दा बढी राजश्व संकलन भएको अधिकारीले बताए ।
‘शैक्षिक भ्रमणको सिजन भएकाले पनि पर्यटक धेरै भएका हुन्’ उनले भने । मंसिरमा संग्रहालय घुम्ने विद्यार्थीको संख्या ९ हजार ९ सय ६९ रहेको छ ।
कोरोना महामारीका कारण गत साउनसम्म गोरखा संग्रहालय बन्द गरिएको थियो । संग्रहालय अवलोकनका लागि नेपाली पर्यटकलाई २५, सार्क राष्ट्रका पर्यटकलाई ५०, अन्य देशका नागरिकलाई १ सय र विद्यार्थीका लागि १० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।
प्रतिक्रिया 4