+
+

टेस्ला सीईओ मस्कको वार्षिक आयकर १३ खर्ब ३५ अर्ब रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १०:१३

विश्व इतिहासकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले एक वर्षमा तिर्ने आयकर झण्डै नेपालको वार्षिक बजेट जति छ ।

विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर अर्थात् करिब १३ अर्ब ३५ अर्ब डलर हुनेछ । यो रकम भनेको विश्वमा कुनै पनि व्यक्तिले तिरेको अहिलेसम्मकै धेरै आयकर हो ।

२ अर्ब ४३ करोड सम्पत्ति भएका मस्कले सन् २०१८ मा अमेरिकामा कत्ति पनि संघीय नतिरेको आरोप लागेको थियो । तर सन् २०२१ मा भने उनले इतिहासकै धेरै आयकर तिर्ने घोषणा गरेका हुन् ।

डिसेम्बर २० मा ट्वीटरमार्फत् घोषणा गर्दै मस्कले लेखेका छन्- अचम्म पर्नेहरूका लागि, मैले यो वर्ष ११ अर्ब डलर कर तिर्दैछु ।

सिनेटर एलिजाबेथ वारेनले गत हप्ता मस्कलाई अरुको दयाको फाइदा उठाउने कञ्जुस व्यक्तिको आरोप लगाए लगत्तै मस्कले यस्तो घोषणा गरेका हुन् ।

गत नोभेम्बर यता मस्कले टेस्ला कम्पनीको १४ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन् । टेस्लाको १० प्रतिशत शेयर बिक्री गर्ने कि नगर्ने भनेर आफ्ना ट्विटर फलोअर्समाझ मत सर्भेक्षण गरेर ग्रिन सिग्नल पाएसँगै मस्कले शेयर बिक्रिी सुरु गरेका हुन् । टेस्ला कम्पनीमा २३ प्रतिशत शेयर हिस्सा रहेका मस्कले शेयर बिक्रीलाई निरन्तरता दिनेछन् ।

टाइम म्यागेजिनले एलन मस्कलाई सन् २०२१ को वर्ष व्यक्ति घोषणा गरेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?