+
+

पार्कको रुखसँग युवतीको प्रेम, अन्ततः बिहे गरेर बनाइन् लोग्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ११:५३

लामो समयदेखि बेलायतकी एक महिलाको बिहे चर्चाको विषय बनिरहेको छ । वास्तवमा ती महिलाले कुनै पुरुषसँग होइन रुखसँग बिहे गरेकी छन् ।

तीन वर्षअघि नै उक्त रुखसँग बिहे गरेको बताउने ती युवतीले हालै आफ्ना साथीहरूलाई त्यही रुखमुनि बोलाएर जमघट गराइन् । आफूले रुखसँग खुसीसाथ दाम्पत्य जीवन बिताइरहेको उनको दाबी छ ।

केट कनिंघम नामकी ती युवतीका अनुसार रुख र उनीबीचको दाम्पत्य जीवन सुखपूर्ण रुपमा चलिरहेको छ । आफू आफ्नो जिवनबाट सन्तुष्ट रहेको उनी बताउँछिन् ।

उनले सन् २०१९ मै रिमर्स भ्याली काउन्टी पार्कमा रहेको रुखसँग बिहे गरेकी थिइन् । आफ्नो पतिदेव रुखसँग भेटघाट गर्नका लागि उनी हप्तामा ५ पटक पार्कमा जान्छिन् । क्रिसमसको बेलामा त आफ्नो पतिरुपी रुखलाई विभिन्न सजावटका सामग्रीले सजाउँछिन् ।

अनौठो त के भने रुखसँगको बिहेपछि उनले आफ्नो थरसमेत बदलिसकेकी छिन् र अहिले मिसेस एल्डर बनेकी छिन् ।

हाल शिक्षण पेसा अपनाएकी मिसेस एल्डर यो पटक आफ्नो पति रुखसँग तेस्रो क्रिसमस मनाउँदैछिन् । यसअघि उक्त पार्कमा बारम्बार आउने क्रममै सो रुखसँग आफ्नो प्रेम बसेको उनी बताउँछिन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?