+
+

‘कबड्डी ४’ जुध्न आएपछि किरण केसी भन्छन्- हामी पछि हट्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते ११:५५

६ पुस, काठमाडौं । आगामी वैशाख २३ गतेलाई चलचित्र ‘लक्का जवान’ले प्रदर्शन मिति तय गरिसकेको छ । शिवहरि पौडेलको निर्देशनमा बनेको यो चलचित्र कोरोना महामारीका कारण रिलिज हुन नपाएर रोकिएको थियो ।

तर, यही मितिमा चलचित्र ‘कबड्डी ४’को निर्माणपक्षले सोमबार मात्र रिलिज मिति तोक्यो । यो कुराले निर्माता तथा कलाकार किरण केसी असन्तुष्ट बनेका छन् ।

अनलाइनखबरसँग केसीले भने, ‘खै, उहाँहरुले किन जुधाउनुभयो कुन्नि । एक हप्ता अघि पछि आएको भए पनि हुने । हामीले पहिले नै प्रदर्शन मिति तोकेकाले पनि पछि हट्ने भन्ने कुरा त हुँदैन ।’ ‘कबड्डी ४’को निर्माणपक्षले देखाएको व्यवहारले आफू छक्क परेको केसीले बताए ।

उनले अगाडि भने, ‘यो समयमा एउटा निर्माताले अर्को निर्मातालाई जोगाउनुपर्ने बेला हो । तर, हामी हामी जुधेर कहाँ पुग्न आँटेका हौं कुन्नि ?’

उनले यसअघि पनि आफूहरुले बनाएको चलचित्र ‘शत्रु गते, दाल भात तरकारी’सँग अरु चलचित्र जुधेको बताए । किरणले यो विषयमा वितरकहरुले पनि छलफल अगाडि बढाएको बताए ।

किरण केसी, दिलीप रायमाझी, शिवहरि पौडेल, प्रियंका कार्की, वर्षा सिवाकोटी लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई कमेडी जनरामा निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?