+
+

कांग्रेसमा मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ६ गते १९:१३

६ पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित ८८ केन्द्रीय सदस्य चुनिएका छन् । उनीहरुमध्ये रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत भएका हुन्, बाँकी सबै निर्वाचन जितेर आएका हुन् ।

मुक्ताकुमारी यादव पनि मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । तर उनका लागि यो महाधिवेशन विशेष बनेको छ । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं सबभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार उनी सर्वाधिक मतसहित निर्वाचित भएकी हुन् । महिला मधेसीतर्फ चार केन्द्रीय सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा थिए । सभापतिका उम्मेदवार शेरबहादुर देउवा र डा. शेखर कोइराला दुबैको टीममा परेकी यादवले ३९६० मत पाएकी छन् ।

यसअघि खुला ३५ तर्फ केन्द्रीय सदस्यमा निर्वाचित पूर्वमहामन्त्री डा. शशांक कोइरालाले ३८३६ मत ल्याएका थिए । उनको नाम पनि संस्थापन र इतर दुबै समूहमा थियो । कोइरालाले भन्दा यादवले १२४ मत बढी ल्याएकी हुन् ।

महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले ३०२३ मत पाएका थिए ।

को हुन् मुक्ताकुमारी ?

२०३४ भदौ १३ गते महोत्तरीमा जन्मिएकी यादव यसअघि दोस्रो संविधान सभामा समानुपातिक सांसद थिइन् । पछिल्लो समय उनी राष्ट्रिय सभा सदस्य थिइन् ।

स्नात्तक तहको अध्ययन गरेकी यादव २०५३ सालदेखि राजनीतिमा सक्रिय भएकी हुन् । २०५३ सालमै नेपाल महिला संघको जिल्ला कार्यसमिति सदस्य भएकी उनी नेपाल शिक्षक युनियनमा आवद्ध भइन् । कांग्रेसको राजनीतिमा सक्रिय उनी २०५७ सालमा तत्कालीन नेकपा माओवादीका कारण विस्थापित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?