
७ पुस, काठमाडौं । मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ । कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् । शेयर कारोबार मापक नेप्से परिसूचक पनि २८ अंक भन्दा धेरैले बढेको छ ।
५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै कारोबार हुँदा कारोबार रकम १७ करोड १५ लाख रुपैयाँ पुगेको छ । पछिल्लो समय शेयर बजार लगातार ओरालो लाग्दा कारोबार संख्या र कारोबार रकम पनि कम हुने गरेको छ ।
मंगलबार भने ५६ दशमलव ७३ अंकले नेप्से परिसूचक बढेको थियो । कारोबार रकम भने २ अर्ब ३८ करोड रुपैयाँको मात्रै भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4