+
+

कैलालीबाट लागुऔषधसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १२:१५

७ पुस, धनगढी। कैलालीमा लागुऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २७ वर्षीय दिपक विक र २१ वर्षीय राजेन्द्र कामी रहेका छन् ।

गएराति धनगढी उप-महानगरपालका-३ स्थित ट्राफिक चोकबाट अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उनीहरुको साथबाट प्रहरीले १ वटा ट्यावलेट नाइट्राभेट बरामद गरेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?