
७ पुस, काठमाडौं । दशैंमा रिलिज भएको ‘डाँडाको वरपीपल’ नामक चलचित्रले बक्स अफिसमा कुनै कमाल नगरेपछि नेपाली चलचित्रले बक्स अफिसलाई कहिले चलायमान बनाउँछन् भन्न सकिने अवस्था छैन ।
तर, बलिउड र हलिउड चलचित्रले बक्स अफिसमा तहल्का मच्चाइरहेको समयमा शुक्रबारदेखि भने चलचित्र ‘चुरीफुरी’ रिलिज हुँदैछ । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिएको यो चलचित्रले बक्स अफिसको ढोका खोल्ने अपेक्षा गर्न सकिन्छ ।
निर्देशक ऋषिराज आचार्यले हलमा दर्शक पुगेपछि भने यो चलचित्रलाई मन पराउने विश्वास लिएका छन् । उनको जस्तै विश्वास कलाकार अभिषेक श्रेष्ठको पनि छ । सामाजिक कथावस्तुलाई कमेडी रसमा प्रस्तुत गरिएकाले पनि ‘चुरीफुरी’ दर्शकको रोजाइमा पर्ने उनको भनाइ छ ।
दर्शकले नेपाली चलचित्र प्रतीक्षा गरिरहेकाले पनि यो चलचित्रले दर्शक तान्ने अपेक्षा निर्माणपक्षको छ ।
‘चुरीफुरी’मा अभिषेक श्रेष्ठ, पूजा पन्त, रविन्द्र झा, सुवोधे गौतम, दीपकप्रसाद आचार्य लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया 4