+
+

हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्जरका लागि फेरि समय थपिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १३:५८
फाइल तस्वीर

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक मर्जरका लागि थप डेढ महिना समय दिने भएको छ । तोकिएको समयमा मर्जरको काम सकेर एकीकृत कारोबार शुभारम्भ गर्न नसकेपछि यसअघि पनि मर्जरका लागि समय थप गरिएको थियो ।

नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले समय थप गरिने जानकारी दिए । उनका अनुसार साधारण सभा आह्वान गर्नका लागि चाहिने समय हिसाब गरेर राष्ट्र बैंकले डेढ महिनाको समय थप्नेछ ।

साधारणसभा बोलाउन कम्तिमा २१ दिन अगाडि सूचना जारी गर्नुपर्छ । हिमालयन बैंकको गत आइतबार बसेको सञ्चालक समिति बैठकले आगमी शुक्रबार साधारणसभाको सूचना जारी गर्ने निर्णय गरेको छ । शुक्रबार सूचना जारी हुँदा मर्जरका लागि कम्तिमा पनि डेढ महिना समय चाहिन्छ । सोही अनुसार राष्ट्र बैंकले समय थप गरिदिने तयारी गरेको हो ।

३० वैशाखमा यी दुई बैंकले मर्जर सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापछि तीन महिनाभित्र एकीकृत कारोबार शुरु गर्न राष्ट्र बैंकबाट अनुमति पाएका यी दुवै बैंकले तोकिएको समयमा मर्जर प्रक्रिया पूरा गर्न सकेनन् । त्यसपछि पुनः तीन महिनाका लागि राष्ट्र बैंकले समय थप गरेको थियो । थपिएको समयमा पनि मर्जर सम्पन्न हुन नसकेको भन्दै संयुक्त मर्जर समितिले राष्ट्र बैंकलाई पुनः समय थप गरिदिन पत्र लेखेको थियो ।

हिमालयन बैंकमा कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै तुलसी गौतम अध्यक्ष थिए । नेपाली कांग्रेस नेतृत्वको सरकार बनेपछि गौतमलाई सरकारले कर्मचारी सञ्चय कोषको प्रशासकबाट हटाएको थियो । सञ्चय कोषबाट हटाइएपछि बैंकको अध्यक्ष पदबाट समेत सञ्चालक समितिले प्रचण्डबहादुर श्रेष्ठलाई नयाँ अध्यक्ष नियुक्त गरेको थियो । प्रचण्ड अध्यक्ष बनेपछि मर्जर अन्योलमा रहेको थियो ।

मर्जर अन्योलमा हुँदा मर्जर गर्न १९ पुसमा समय थपका लागि बैंकले पत्राचार गरेपनि राष्ट्र बैंकले समय थपिदिएको थिएन । मर्जर प्रस्ताव पारित गराउन आगामी आइतबार सञ्चालक समितिले साधारणसभा आह्वान गर्ने निर्णय गरेपछि भने मर्जर हुने पक्का भएको भन्दै राष्ट्र बैंक समय थप गर्न तयार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?