+
+

एक महिनाभित्र १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १५:२१

७ पुस, काठमाडौं । विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन हालसम्म १०६ मुलुकमा फैलिएको छ ।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आफ्नो साप्ताहिक रिपोर्टमा हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित १०६ मुलुकमा पुष्टि भएको जनाएको हो ।

विश्वभरको नमूना परीक्षणबाट डेल्टा नै प्रमुख भेरियन्टको रुपमा देखा परेको भए पनि ओमिक्रोन फैलिइरहेको हुँदा जोखिम सिर्जना भएको पनि संगठनको भनाइ छ ।

‘हालैका तथ्यले ओमिक्रोनका संक्रमित वृद्धि हुनेदर डेल्टाको भन्दा बढी भएको र जनसंख्याको इम्युनिटी क्षमता धेरै रहेका एवं समुदायमा संक्रमण फेला परेका मुलुकमा समेत तीव्र रुपमा फैलिइरहेको देखाउँछन्,’ डब्ल्यूएचओले भनेको छ ।

छिमकी मुलुक भारतमा समेत ओमिक्रोनका संक्रमित बढिरहेका छन् । भारतमा बुधबारसम्म यो भेरियन्टबाट २१३ संक्रमित भइसकेका छन् । संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?