+
+

दिल्लीमा क्रिसमस र नयाँ वर्षमा जमघट गर्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १७:३७

७ पुस, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा क्रिसमस र नयाँ वर्षमा कुनै पनि जमघट गर्न नपाइने भएको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेपछि दिल्ली सरकारले क्रिसमस र नयाँ वर्ष मनाउन हुने जमघट एवं गतिविधिमाथि प्रतिबन्ध लगाएको हो ।

दिल्लीको विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले बुधबार एक आदेश जारी गर्दै डिस्ट्रिक्ट म्याजिस्ट्रेट (डीएम) लाई सबै प्रकारका साँस्कृतिक कार्यक्रम र जमघटमाथि बन्देज लगाएको हो ।

जिल्लास्तरीय प्रशासनिक अधिकारी एवम् दिल्ली प्रहरीलाई उक्त आदेश पालना गर्न भनिएको छ । व्यावसायिक संगठनलाई समेत मास्क नलगाएका मानिसलाई प्रवेशमाथि रोक लगाउन भनिएको छ ।

‘सबै डीएम र जिल्ला डीसीपीले क्रिसमसम वा नयाँ वर्षका अवसरमा कुनै पनि कार्यक्रम/जमघट/समारोह आयोजना नहुने कुराको सुनिश्चित गर्नुपर्ने छ’, आदेशमा भनिएको छ ।

हालसम्म १०६ मुलुकमा फैलिइसकेको ओमिक्रोन भेरियन्टका संक्रमित भारतमा समेत बढिरहेका छन् । त्यहाँ बुधबारसम्म कुल २१३ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये सबैभन्दा बढी दिल्लीमा छन् । भारतीय समाचार माध्यमका अनुसार त्यहाँ ओमिक्रोनबाट हालसम्म ५७ जना संक्रमित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?