७ पुस, काठमाडौं । बिहीबार युएईमा सुरु हुने एसीसी यू-१९ एसिया कपका लागि दुबई पुगेको नेपाली यू-१९ क्रिकेट टिमले बुधबार अभ्यास गरेको छ ।
नेपालले शुक्रबार टेष्ट मान्यताप्राप्त बंगलादेशसँग सारजहाँ क्रिकेट मैदानमा खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ । नेपाली टोली सोमबार युएई गएको थियो ।
समूह बी मा रहेको नेपालले र बंगलादेशसँगै श्रीलंका र कुवेत छन् । नेपालले श्रीलंकासँग डिसेम्बर २६ मा र कुवेतसँग डिसेम्बर २८ मा खेल्नेछ ।
यस्तै समूह ए मा भारत, पाकिस्तान, अफगानिस्तान, युएई छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
तस्वीर सौजन्य : नेपाल क्रिकेट संघ
प्रतिक्रिया 4