+
+

शेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र हो : राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:०५

७ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर बजार पुँजी निर्माणको महत्वपूर्ण क्षेत्र रहेको बताएको छ । राष्ट्र बैंक आफैंले बुधबार काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा शेयर बजारबारे राष्ट्र बैंक सकारात्मक रहेको प्रतिक्रिया दिएको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत शेयर धितोमा जाने कर्जामा कडाइ गरेको थियो । अहिले शेयर धितोमा कुनै एक बैंकले एक व्यक्तिलाई ४ करोड र बढीमा १२ करोड रुपैयाँमात्रै ऋण लगानी गर्न सक्छन् । यो व्यवस्था पछि शेयर बजार घटेको भन्दै राष्ट्र बैंकको लगानीकर्ताहरुले चर्को आलोचना गर्ने गरेका छन् ।

बुधबार यसबारे आर्थिक पत्रकारहरुले राखेको जिज्ञासामा राष्ट्र बैंकको अनुसन्धान विभागका प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले राष्ट्र बैंक शेयर बजारका विषयमा सकारात्मक रहेको प्रतिक्रिया दिएका हुन् । ‘पुँजी निर्माण हुने महत्वपूर्ण क्षेत्र शेयर बजार हो, यस विषयमा राष्ट्र बैंक सकारात्मक छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?