+
+

मनकामना केबलकार नियमित सञ्चालन

रासस रासस
२०७८ पुष ८ गते ८:५३

८ पुस, मुग्लिन । नेपालकै पहिलो केबलकार मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले आइतबारदेखि चार दिनका लागि केबलकार सेवा बन्द गरिएको थियो ।

मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनका अनुसार केबलकारको सेवा यही पुस ४ देखि ७ गतेसम्मका लागि बन्द गरी मर्मतसम्भार गरिएको हो । मर्मतसम्भार सकिएपछि आजदेखि केबलकार सेवा पुनः नियमित सञ्चालनमा ल्याइएको उनले बताए ।

केबलकार स्तरोन्नतिको चरणमा रहेको छ । कम्पनीले केबलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न लागेको हो । चालु आर्थिक वर्षबाटै केबलकारलाई नयाँ प्रविधिमा लैजाने योजना रहेको कम्पनीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?