+
+

ओलेड टीभी सीवान सिरिज नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ८ गते १८:३४

काठमाडौं । चौधरी ग्रुपले ओलेड टीभी सीवान सिरिज नेपाली बजारमा ल्याएको छ । मिनभवनस्थित एलजी शोरुममा एक कार्यक्रमको आयोजना गरी कम्पनीले उक्त टीभी सार्वजनिक गरिएको हो ।

ओलेड श्रेणीमा लगातार आठ वर्षदेखि पर्न सफल भएको यो टीभी सर्वाधिक पुरस्कार पाएको एक मात्र टीभी भएको कम्पनीको दावी छ ।

के छन् विशेषता ?

कम्पनीका अनुसार एलजी ओलेडमा भएको ८.३ मिलियन्स वटा सेल्फ लिड ओलेड पिक्सल्स हुन्छ । जसले गर्दा प्रकाश आफैं निकाल्ने र चाहेको बेलामा अन हुने र अरु बेला स्वतः अफ हुने हुन्छ । अँध्यारो सिनमा पनि साना साना विवरण स्पष्टसँग देख्न सकिन्छ ।

एलजी ओलेड टीभी α9 Gen4 AI Processor 4K हो । यसको नयाँ अत्याधुनिक चिपले सामग्रीको विश्लेषण गर्न गहिरो अध्ययन गर्ने एलगोरिदमहरुको प्रयोग गर्दछ जसले गर्दा तस्वीर र ध्वनिमा प्रत्येक समायोजन स्वचालित हुन्छ ।

डल्बी भिजन आईक्यूले सामग्री विधा र परिवेशको आधारमा तस्वीर सेटिङहरुलाई बुद्धिमानीपूर्वक समायोजन गर्ने र डल्बी एटमसले बहुआयामिक ध्वनि प्रदान गर्ने कम्पनीले बताएको छ । यो शक्तिशाली संयोजनले एक उत्साहजनक सिनेमाका परिणामहरु उत्पादन गर्दछ । एलजी थिनक्यूले टीभी हेर्दाको अनुभव थप रमाइलो बनाउँछ । गुगल एसिस्टेन्टमार्फत आफ्नोे आवाजले टीभीलाई नियन्त्रण गर्न सकिन्छ र छिटो पहुँच प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।

एलजी ओलेड टीभी अनुभव विशेष गरी ठूलो स्क्रिनको सिनेमा, गेमिङ्ग उत्कृष्ट खेलकुद लगायतका कार्यक्रमहरु अगाडिको सिटमा बसेर हेरेको जस्तै अनुभव हुने कम्पनीको दावी छ ।
एलजी ओलेड टीभीको छिटो प्रतिक्रिया, नवीनतम गेमिङ सुविधा, १२० हर्ज डिस्प्लेले गेममा सहजता प्रदान गरी गेमको अगाडि नै राखेको जस्ता अनुभव हुन्छ । साथै यसको गेम सेटिङ कन्ट्रोल्स/NVIDIA® G-SYNC® Compatible का सुविधाहरुले प्रत्येक पटक खेल्दा उत्कृष्ट गेमिङ अनुभव ग्यारेन्टी गर्दछ ।

एलजी ओलेड टीभीहरु TUV-Eyesafe® द्वारा विकसित Eyesafe® प्रमाणीकरण गर्ने कुनै पनि प्रकारको टीभीहरुमा पहिलो रहेको कम्पनीको भनाइ छ । एलजी ओलेड टीभीहरु लामो समयसम्म हेर्दा पनि केही असहज नहुने र एलजी ओलेड डिस्प्लेको १०० प्रतिशत कलर फिडेलिटीका कारण स्क्रिनमा देखिने रंगहरु वास्तविक इमेजको रंग जस्तै हुने कम्पनीले बताएको छ ।

एलजी ओलेड टीभीमा नेटफ्लिक्सको सहज पहुँच मार्फत नयाँ चलचित्रहरु, टीभी कार्यक्रमहरु, वृत्तचित्रहरु र प्रत्यक्ष खेलहरुको मज्जा एकै ठाँउबाट लिनसक्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार एलजी ओलेड टीभीको फिल्म मेकर मोड, ब्लूटुथ सराउण्ड रेडी, सपोर्ट अलर्ट, ओलेड मोसन प्रो र न्यू म्याजिक रेमोट जस्ता सुविधाहरुले तपाईलाई अझ उत्साहजनक अनुभव प्रदान गर्ने निश्चित छ । एलजी ओलेड टीभीहरुलाई पर्यावरण मैत्रीको रुपमा पनि पहिचान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?