+
+

क्लासिक टेकले माग्यो थप ६६४ जना कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १३:२२

काठमाडौं ।  नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले ब्रान्च म्यनाजरदेखि फाइबर टेक्निसियनसम्मका  ६६४ जना  कर्मचारी मागेको छ ।

कर्मचारीले विज्ञप्ति जारी गरी दुर्गम क्षेत्रदेखि स-साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न देशभरका लागि कर्मचारी मागेको हो । हाल  १ हजार ५ सय जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ ।

क्लासिक टेकले हाल ७४ जिल्लामा आफ्नो सेवा दिंदै आएको छ । इन्टरनेट नपुगेका ग्रामिण तथा दुर्गम क्षेत्रमा इन्टरनेट विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको र सोही लक्ष्य प्राप्तिका लागि कम्पनीले कर्मचारी माग गरेको हो  ।

कम्पनीले ब्रान्च म्यानेजर २८ जना, फ्रन्ट डेस्क अस्सोसिएट ८० जना, डोर टू डोर सेल्स अस्सोसिएट २५० जना, फाइबर सेल्स अस्सोसिएट -बाइक राइडर २०० जना, फाइबर सुपरभाइजर ६२ जना, एचआर म्यानेजर २ जना, कोर्पोरेट म्यानेजर २ , कल सेन्टर अस्सोसिएट ४० जना कर्मचारी माग गरेको हो ।

कम्पनीले नेपालमा सन् २००९ देखि आफ्नो सेवा शुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?