+
+

हुम्ला डाँडा फया गाउँका विपन्न परिवारलाई न्यानो कपडा

रासस रासस
२०७८ पुष ९ गते १८:५४
१५ बर्षदेखि ओडारमा बस्दै आएका जुम्लाको चन्दननाथ नगरपालिका-१ का स्थानीय चेत कुलाललाई न्यानो कपडा प्रदान गर्दे जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँ । तस्वीर : रासस

९ पुस, कास्की । भौगोलिक विकटता साथै आर्थिक अवस्था निकै कमजोर रहेको कर्णाली प्रदेशका हुम्ला सिमिकोट गाउँपालिका-७ का डाँडा फया गाउँका विपन्न परिवारलाई  न्यानो कपडा वितरण गरिएको छ ।

अस्ट्रियाको फ्रिज्जी लाइट संस्थाको आर्थिक सहयोग र पोखरास्थित लामा राइजेन ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिको संयोजनमा डाँडा फया गाउँका विपन्न परिवारलाई  न्यानो कपडा वितरण  गरिएको हो ।

ठकुरी, क्षेत्री र दलित जातिको बाहुल्यता रहेको उक्त गाउँमा २५० घरधुरी रहेको स्थानीय संयोजनकर्ता समाजसेवी जङ्गसुर शाहीले जानकारी दिए । विपन्न एकल महिला, ज्येष्ठ नागरिक, अपाङ्गता तथा दलित समुदायलाई हिउँदको कठ्याङ्ग्रिने जाडोमा न्यानो मायासहित न्यानो कपडा लिएर कर्णालीको हुम्ला आइपुगेको फ्रिज्जी लाइट संस्थाका नेपाल प्रतिनिधि छिरिङ लामा शेर्पाले बताए ।

उनका अनुसार ५० जनालाई न्यानो ज्याकेट र स्लिपिङ ब्याग तथा ५० जना विद्यार्थीलाई ज्याकेट, ट्राउजर तथा स्कुल ब्याग वितरण गरिएको छ । मानवीय र सामाजिक कार्यका लागि विकट बस्ती पुग्दै र विपन्न समुदायको पहिचान गरी सहयोग गर्दै आइरहेको संस्थाले जाडोको मौसम सुरु भएपछि हुम्ला सिमिकोट आइपुगेको उनको भनाइ छ। संस्थाले यस वर्षमात्रै नेपालका ३० जिल्लामा यस्तो कार्यक्रम गरेको शेर्पाले बताए ।

न्यानो कपडा वितरण कार्यक्रममा सिमिकोट गाउँपालिका–७ का कार्यवाहक वडाध्यक्ष कृष्णबहादुर शाही भौगोलिक विकटता र गरिबीले जाडो छल्न मुस्किल परेका समुदायलाई सम्झेर न्यानोमायासहित न्यानो कपडा बोकेर हुम्ला आएकामा धन्यवाद व्यक्त गरे ।

उनले मानवीय सेवा नै धर्म भएकाले नहुनेलाई सहयोग गरेर एकअर्काप्रति सकारात्मक भावको विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा कैलाश माविका प्रधानाध्यापक बलबहादुर शाही, सञ्चारकर्मी ओबिराज शाही, पोखरा बर्डस सोसाइटिका मन शान्त घिमिरे र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष शेषकान्त शर्माको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?