+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सूर्य नेपाल इस्टर्न ओपन डिसेम्बर २७ देखि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १९:०५

९ पुस, काठमाडौं । सूर्य नेपाल गल्फ टुर ०२१/०२२ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन आगामी सोमबार धरान गल्फ क्लबमा सुरु हुने भएको छ ।

आयोजक नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) ले शुक्रबार पत्रकार सम्मेलन गर्द‌ै ईस्टर्न ओपन डिसेम्बर २७ देखि २९ सम्म हुने जनाएको हो । प्रतियोगितामा ३५ व्यावसायिक खेलाडीसँगै १५ एमेच्योर खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले एक लाख ३५ हजार रुपैयाँ पाउनेछ भने उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार रुपैयाँ हात पार्नेछन् । यस्तै शीर्ष २१ भित्र पर्नेले पनि नगद पुरस्कार पाउनेछन् ।

प्रतियोगिता ५४ होलमा खेलाइनेछ । सूर्य नेपालको प्रायोजनमा स्ट्रोक प्ले फर्म्याटमा हुने प्रतियोगिताको कूल पुरस्कार राशी सात लाख ७५ हजार रुपैयाँ रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?