News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन ६-अन्डर ६४ स्कोर गर्दै शीर्ष स्थानमा कायम रहेका छन् ।
- निरजले समग्रमा १२-अन्डर १२८ स्कोरसहित राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्दै पहिलो स्थानमा रहेका छन् ।
- प्रतियोगितामा १७ प्रोफेसनल र ७ एमेच्योर खेलाडीले कट बनाएर तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
१ माघ, धरान । नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष स्थानमा कायम रहेका छन् ।
तिरजले लगातार दोस्रो ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा ५ स्ट्रोकको अग्रता बनाएर शीर्ष स्थानमा रहन सफल भएका हुन् ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगितामा निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ५ स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२-अन्डर १ सय २८ लोभलाग्दो प्रदर्शन गरे । राहुलले पनि ६-अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७-अन्डर १ सय ३३ सहित दोस्रो स्थानमा रहे ।
समग्रमा ४-अन्डर १ सय ३६ को स्कोरमा धरानका प्रो शुक्र बहादुर राई र टंक बहादुर कार्की संयुक्तरुपमा तेस्रो स्थान बाँडे । शुक्रले ३-अन्डर ६७ र टंकले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाए ।
आज ४-अन्डर ६६ खेल्दै दिनेश प्रजापति समग्रमा ३-अन्डर १ सय ३७ सहित पाँचौ स्थानमा रहेका छन् । समग्रमा १-अन्डर १ सय ३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा छैटौं स्थान बाँडे । रविले आज १-अन्डर ६९, भुवनले इभन-पार ७० र बलभद्रले २-ओभर ७२ को स्कोर निकाले ।
समग्रमा २-ओभर १ सय ४२ स्कोरका साथ दुई एमेच्योर पदम हाङ्ग लिम्बु र प्रकृत तामाङ संयुक्तरुपमा नवौ स्थानमा रहे । पदमले आज २-अन्डर ६८ र प्रकृतले ३-ओभर ७३ को स्कोर बनाए ।
नेपाल नम्बर एक निरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६-अन्डर खेल्ने क्रममा दोस्रो, तेस्रो, पाँचौं, छैटौं, आठौं र नवौं होलमा बर्डीको सफलता प्राप्त गरे । ६ बर्डीको सहायतामा बोगी फ्रि ६-अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाए । ११ औं होलमा पनि एक सट बचाए तर १५ औं होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाए ।
राहुलले आज बोगी रहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन पनि ३-अन्डर ३१ मा सकाए । उनले पाँचौ, छैटौं नवौं, दशौं , बार्है र अठारौं होलमा गरी कुल ६ बर्डीको सफलता प्राप्त गरे ।
शुक्रले दोस्रो, तेस्रो र सातौं होलमा बर्डी प्रहार गरेपनि चौथो र पाँचौं होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा पुरा गरे । यसपछि १२ औं र १५ औं होलमा बर्डी खेल्दै ब्याक नाइन २-अन्डर ३२ मा सकाए ।
टंकले दोस्रो होलको बोगीका विरूद्ध पहिलो र सातौं होलमा बर्डी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ खेले। यसपछि १० औं, १२ औं र १८ औं होलमा एक-एक सट बचाए । ११ औ, १४ औं र १५ औं होलको बोगीले ब्याक नाइम इभन-पार ३४ मा सकाए ।
३६ होलको समाप्तिमा ११-ओभर १५१ सम्म स्कोर गरेका १७ प्रोफेसनल तथा ७ एमेच्योर खेलाडीले कट बनाए ।
आज १४औं होलमा होल-इन-वान गरेका जयराम श्रेष्ठ सहित प्रोफेसनल खेलाडी सुमन परियार, सुनिल केसि, सञ्जय लामा, सुमन राई, भुवन कुमार रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्य प्रसाद शर्मा र धन बहादुर थापाले तेस्रो तथा अन्तिम दिनको लागि स्थान सुरक्षित गरे ।
एमेच्योरतर्फ राहुल ७-अन्डर १३३ स्कोर सहित शीर्ष स्थानमा रहेका छन् । उनी पदम हाङ लिम्बु र प्रकृत तामाङ भन्दा ९ स्ट्रोकले अगाडी रहेका छन् । अन्य चार एमेच्योर खेलाडी सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाए ।
११-ओभर १५१ स्कोर गरेपनि शिव कुमार माझी, थाम बहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सकेनन् ।
सूर्य नेपाल प्रालिको प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया 4