+

राष्ट्रिय लिग : जावलाखेललाई स्तब्ध पार्दै लालिगुराँसको विजयी सुरुवात

२०८२ माघ  १ गते २२:४७ २०८२ माघ १ गते २२:४७
राष्ट्रिय लिग : जावलाखेललाई स्तब्ध पार्दै लालिगुराँसको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कास्कीको लालिगुराँस एसोसिएसनले ए डिभिजन क्लब जावलाखेल युथ क्लबलाई हराउँदै राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ ।
  • राज भुषालले खेलको दोस्रो मिनेटमै गोल गर्दै लालिगुराँसलाई अग्रता दिलाएका थिए ।
  • सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

१ माघ, काठमाडौं । कास्कीको लालिगुराँस एसोसिएसनले जावलाखेल युथ क्लबलाई स्तब्ध पार्दै राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ ।

पहिलो पटक राष्ट्रिय लिगमा सहभागि भएको लालिगुराँसले बिहीबार एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा ए डिभिजन क्लब जावलाखेललाई १-० ले पराजित गरेको हो ।

लालिगुरासँसका लागि राज भुषालले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो मिनेटमै गोल गर्दै लालिगुराँसला२ अग्रता दिलाएका थिए । त्यही गोल नै ३ अंक दिलाउन निर्णायक बन्यो ।

एन्फा प्रेसिडेन्ट लिगमा च्याम्पियन बन्दै लालिगुराँस राष्ट्रिय लिगका लागि छनोट भएको हो ।

लालिगुराँसले पहिलो खेलबाटै ३ अंक जोडेर राष्ट्रिय लिगमा सानदार सुरुवात गरेको छ । लालिगुराँसका लक्षु थापा खेलको प्लेअर अफ दि म्याच घोषित भए ।

बिहीबारै भएको पहिलो खेलमा सातदोबाटो युथ क्लब र संकटा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए ।

राष्ट्रिय लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय