+
+

अपहरणमा परेका जनकपुरका एक बालकको उद्धार, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते २०:१०

९ पुस, जनकपुरधाम । जनकपुरधामबाट अपहरणमा परेका एक बर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।

बालकको अपहरण गरी भारततर्फ गइरहेको अवस्थामा अपहरणकारीलाई नियन्त्रणमा लिइ बालकको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र बस्नेतले बताए ।

जनकपुरधाम उप-महानगरपलिका वडा नम्बर १७ मनहरपुर बस्ने रासलाल मुखियाका एक वर्षीय २ महिनाको छोरा कृष्णलाई घर अगाडिमा खेल्दै गरेको अवस्थामा गत पुस ७ गते साँझ अपहरण गरेको थियो ।

डीएसपी बस्नेतका अनुसार पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सितामढी ग्राम पञ्चायत बाजपट्टी १० घर भइ जनकपुरधाम उप-महानगरपालिका वडा नम्बर १६ स्थित पुल चोकमा कोठा लिएर बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेका छन् ।

पक्राउ परेका उनलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्धामा म्याद थप गरी थप अनुसन्धन कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?