+
+

चार निर्णय गरेर सकियो कांग्रेसको पहिलो बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १५:४७

१० पुस, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले चारवटा निर्णय गरेको छ ।

शनिबार बसेको पहिलो बैठकले पार्टीका संस्थापक नेता र शहीदहरुलाई स्मरण गर्दै पार्टीलाई अझै सुदृढ, एकतावद्ध बनाएर लैजाने संकल्प गर्नेसहितका ४ वटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

त्यस्तै बैठकले पार्टीको महाधिवेशनमा शुभेच्छा प्रकट गर्न आउने विभिन्न राजनीतिक दलका नेताहरु, महाधिवेशन सम्पन्न गर्न पार्टीको विभिन्न तहमा रहेर काम गरेका केन्द्रीय निर्वाचन समिति, सञ्चार माध्यमसहितलाई धन्यवाद दिएको छ ।

राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिनका लागि पार्टीका सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री थापाले जानकारी दिए ।

त्यस्तै दल दर्ताका लागि निर्वाचन आयोगमा सबै विवरण बुझाउने, अध्यावधिक गर्ने कामको जिम्मेवारी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय पनि बैठकले गरेको छ ।

गत मंसिर २४ देखि २७ गतेसम्म सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनले सभापति देउवासहित १३४ जनाको केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित कन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुले शनिबार नै निर्वाचित भएको प्रमाण पत्र पनि लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?