+
+

मनाङलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा, इन्जुरी टाइममा सुनिलले गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १० गते १८:४३

१० पुस, काठमाडौं । सुनिल बलले इन्जुरी टाइममा गाेल गरेपछि साविक विजेता मछिन्द्र फुटबल क्लबले शहीद स्मारक ए डिभिजन लिगमा शनिबार शीर्ष स्थानकाे मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गरेकाे छ ।

खेलको इन्जुरी समयमा सुनिलले फ्रिकिकमार्फत उत्कृष्ट गाेल गरेपछि मछिन्द्रले विजयी भएको हो । जितपछि मछिन्द्र मनाङलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएकाे छ । साथै मछिन्द्रले साताैं चरणपछि एएफसी कप छनाेटमा पुग्ने सम्भावना कायम राखेकाे छ ।

जितपछि मछिन्द्र ६ खेलबाट १४ अंक जाेडेर शीर्ष स्थानमा उक्लिएकाे छ । यस सिजन पहिलाे हार व्यहोरेकव मनाङ ६ खेलबाट १३ अंकसहित दाेस्राे स्थानमा छ ।

मनाङका ओलावाले आफिज प्रतिबन्धमा परेपछि मछिन्द्र विरुद्ध खेल्न पाएनन् । विमल राना र दीपक राई पहिलाे राेजाइमा खेलेका थिए ।

उता मछिन्द्रका कप्तान सुजल पहिलाे राेजाइमा फर्किँदा फरवार्ड विमल राना मगरले पनि पहिलाे राेजाइमै खेले । अघिल्लाे खेलमा पूर्ण फिट नरहेका डिफेण्डर रन्जित धिमालले मनाङ विरुद्ध १८ मिनेट मात्र खेले ।

खेलकाे पहिलाे १० मिनेट मनाङले मछिन्द्र माथि पूरै दबाब बनाएकाे थियाे । त्यसपछि पनि मनाङले खेलमा पकड कायम राख्याे । मछिन्द्र भने काउन्टरमा गाेल गर्ने रणनीतिमा देखिन्थ्याे ।

पहिलाे हाफमा दुवै टाेलीले गाेलकाे अवसर बनाउन सकेनन् । खेलमा मछिन्द्रले ३९ औं मिनेटमा राम्रो बनाएकाे थियाे । सुनिल बलकाे क्रसमा मनाङका प्रवेश कुँवर र दिनेश राजवंशी बिट भइसकेकाे अवस्थामा नुर्लान नाेभ्रुजाेभले पेनाल्टी बक्स भित्रबाट दाेस्राे बार च्याप्द‌ हानेकाे प्रहार थाेरैले मात्र बाहिर जाँदा मछिन्द्रले अग्रता लिने अवसर गुमायाे ।

पहिलाे हाफमा मनाङका कप्तान अञ्जन विष्ट र एडेलाजा साेमिडेकाे प्रहार फ्रेममा पर्न सकेन ।

दाेस्राे हाफमा भने मछिन्द्रले सुधारिएकाे प्रदर्शन गर्दै मनाङमाथि दबाब बनाएकाे थियाे । मछिन्द्रका सुनिल बलले ६४ औं मिनेटमा हानेकाे पावरफुल सट मनाङका गाेलकिपर विशाल सुनारले बचाएका थिए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?