+
+

अदालतको आदेशपछि प्रदेश पर्यटन बोर्डका पदाधिकारी काममा फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १५:१०

११ पुस, विराटनगर । अदालतको आदेशपछि प्रदेश पर्यटन बोर्डका पदाधिकारी काममा फर्किएका छन् ।

यसअघिको भीम आचार्य नेतृत्वको सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड राजेन्द्र राई नेतृत्वको सरकारले खारेज गरेपछि बोर्डका पदाधिकारीले मंसिर २७ गते उच्च अदालतमा अदालतमा रिट दिएका थिए ।

पुस ८ गते उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र मिलनकुमार राईको इजलासले बोर्ड खारेजीको निर्णय यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरु आइतबार काममा फर्किएका हुन् ।

निवर्तमान मुख्यमन्त्री आचार्यले आफ्नो कार्यकालमा निजी क्षेत्रका ६ पर्यटन व्यवसायीसहित ११ सदस्यीय बोर्ड गठन गरेका थिए । तर उक्त बोर्डलाई वर्तमान सरकारले मंसिर ९ गते खारेज गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?