+
+

संसद अवरुद्ध गरेर केही प्राप्त हुँदैन : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १७:१७

११ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संसद अवरुद्ध गरेर केही प्राप्त नहुने बताएका छन् । अब संसदको अवरोध हटाएर सहमतिका आधारमा संविधान संशोधन गर्नुपर्नेमा उनले जोड दिए ।

माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै जसपा अध्यक्ष यादवले दिपावली गर्नेहरुको मात्र होइन, ब्ल्याक आउट गर्नेहरुको पनि अपनत्व दिलाउन संविधान संशोधन गर्नुपर्ने बताए । उनले भने, ‘हुन त अहिले संसद अवरुद्ध छ, अवरुद्ध गर्ने कामरेड पनि यहीँ हुनुहुन्छ, अब संसदलाई अवरुद्ध गरेर केही प्राप्त हुँदैन ।’

एमालेले हठ त्याग्नुपर्ने भन्दै उनले भने, ‘माधवजी संसदमा हुनुहुन्छ, त्यसकारण अवरुद्ध गरेँ भन्नुहुन्छ । माधवजी पनि यही हुनुहुन्छ, उहाँहरु पनि यही हुनुहुन्छ । सबै लाल झण्डा फरहराउँदै हुनुहुन्छ, हसिया हथौडा हल्लाउँदै हुनुहुन्छ ।’

जसपा अध्यक्ष यादवले संघीय गणतन्त्रको विकल्प अरु कुनै तन्त्र हुन नसक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?