+
+

सप्तरीबाट ठूलो मात्रामा लागूऔषध बरामद, चारजना पक्राउ

प्रहरीले सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागूऔषध बरामद गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १७:३२

११ पुस, सप्तरी। प्रहरीले सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागूऔषध बरामद गरेको हो ।

एसपी काफ्लेका अनुसार राजविराज-२ स्थित हिमालय राइस मिल एवं गुलाब ग्यारेज अगाडि पार्किङ गरि राखिएको ना.८ख ५८३७ नम्बरको विशाल मेट्रो रात्री बसमा खानतलासी गर्दा २ हजार २ सय थान नाइट्राभेट ट्याब्लेट, एसपीएम प्रोक्सिभोन लेखिएको २ सय ८८ क्याप्सुल र डाइलेक्स डिसी सय एमएमलको ३ सय ९९ बोतल प्रहरीले बरामद गरेको हो ।

प्रहरीले रात्रीबसबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा पुगेको चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसका सह-चालक कञ्चनरुप नगरपालिका ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल रहेका छन्। भुजेल पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध बोदे बर्साइन नगरपालिका ५ जाँजर बस्ने २१ बर्षीय अब्दुलले अटो रिक्समा लोड गरी बसमा पुर्‍याएको देखिएपछि उनलाई पनि पक्राउ गरिएको एसपी काफ्लेले बताए।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर अगाडिबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सबारीसाधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–००१ प.३१४० नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा ८ ग्राम ५५० मिलीग्राम ब्राउन सुगर फेला परेको सप्तरीका एसपी काफ्लेले बताए ।

लागूऔषध बरामद भएपछि मोटरसाइकलमा सबार सिरहाको लक्ष्मीपुरपतार गाउँपालिका ३ बस्ने २८ बर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका ११ बस्ने २८ बर्षीय दिपेन्द्र कुमार महतो छन् ।

पक्राउ परेकाहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबिरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?